कोपा अमेरिका २०२० एक वर्ष सर्‍यो

कोपा अमेरिका २०२० फुटबल प्रतियोगिता एक वर्षका लागि स्थगित गरिएको छ। दक्षिण अमेरिकाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता कोरोनाभाइरसका कारण खतराका कारण स्थगित गरिएको हो।

दक्षिण अमेरिकी फुटबल महासंघले विश्वभर फैलिरहेको कोरोनाभाइरसका कारण प्रतियोगिता स्थगित गर्ने जनाएको हो।

१२ जुन देखि १२ जुलाईसम्म हुने कोपा अमेरिका अर्जेन्टिना र कोलम्बियामा हुने तय थियो।

अब कोपा अमेरिका २०२१ आगामी वर्षको ११ जुनदेखि ११ जुलाईसम्म हुनेछ।

प्रतियोगिता दुई देशका ९ शहरमा हुनेछ। जसमा अर्जेन्टिनाका ५ शहर र कोलम्बियाका ४ शहर रहेका छन्।

कोपामा अर्जेन्टिना, बोलिभिया, उरुग्वे, चिली, पाराग्वे, कोलम्बिया, ब्राजिल, भेनेजुएला, इक्वेइडर र पेरुले भाग लिनेछन्।

यस्तै आमन्त्रित टिमका रुपमा एसियाका कतार र अस्ट्रेलियाले पनि खेल्दा १२ टिमबीच प्रतिस्पर्धा हुनेछ।

@Setopati

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ