कोपा अमेरिका: ब्राजिल र पेरु भिड्दै

एजेन्सी, कोपा अमेरिका अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा ब्राजिलले पेरुको सामना गर्नेछ। ब्राजिल, पेरुलाइ हराउदै फाइनलमा आफ्नो स्थान बनाउन चाहन्छ भने पेरु ब्राजिललाई रोक्दै २०१९ को फाइनलको बद्ला लिने दाउमा हुनेछ।

यी दुई टिम बिच प्रतियोगिताको पहिलो खेलमा भिड्दा ब्राजिलले पेरुलाइ ४-० गोल अन्तरले जितेको थियो। त्यस पछि पेरुलाई पुरागमन गर्दै दोश्रो हुँदै नकआउट चरणमा प्रवेश गरेको थियो।

पेरु आफ्नो शिर्ष गोलकर्ता एन्ड्रे कारिल्लो बिना मैदानमा उत्रिदै छ। यस्तै, ब्राजिलियन टिममा ग्याब्रियल जिजुस प्रतिबन्धित भए पछि उनी पनि अनुपस्थित हुनेछन्।

ब्राजिल र पेरु यस अघि ४६ पटक एक आपस भिडेका छन। ब्राजिलले ३३ खेल जित्दा ५ खेल पेरुले जितेका छन भने ८ खेल बराबरीमा सकेको थियो।

त्येस्तै कोपा अमेरिकामा १२ पटक भिड्दा ब्राजिलले ८ खेल जित्दा पेरुले २ खेल जितेक छ र २ खेल बराबरी खेलेको थियो।

यी दुई टिम बिच २०१९ कोपा अमेरिका फाइनलमा समेत खेल्दा ब्रजिलले ३-१ गोल अन्तरले जित्दै उपाधी उचालेको थियो। खेल नेपाली समय अनुसार बिहान ४:४५ बजे हुनेछ।