कोपा अमेरिका: चिलीलाई हराउदै उरुग्वे समूह विजेता; दुबै टोलि क्वाटरफाइनलमा प्रवेश

उरुग्वे समूह विजेता बन्दै ब्राजिलमा जारी कोपा अमेरिकाको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान भएको समूह चरणको अन्तिम खेलमा चिलीलाई १-० गोल अन्तरले पराजित गर्दै उरुग्वे क्वाटरफाइनलमा पुगेको हो ।

उरुग्वेलाई जित दिलाउन एडिनसन काभानीले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८२ औं मिनेटमा काभानीले निर्णायक गोल गरेका हुन् ।

जितसंगै समूह ‘सी’ को उरुग्वे समूह विजेता बन्दै नकआउट चरणमा पुग्न सक्यो । साविकको विजेता समेत रहेको चिली दोस्रो स्थानमा रहेर क्वाटरफाइनल पुगेको छ ।