कोपा अमेरिका आयोजक राष्ट्र बिहिन

एजेन्सी, कोपा अमेरिका सुरु हुन दुई हप्ता पनि बाँकी नरहँदा सो टुर्नामेन्ट हाल आयोजक राष्ट्र बिहिन हुन पुगेको छ। कोपा अमेरिका कोलम्बिया र अर्जेन्टिनाले आयोजना गर्ने तय भएता पनि हाल सो टुर्नामेन्टको भविष्य अनिश्चित छ।

करिब १० दिन अघि कोलम्बिया राजनीतिक अस्थिरताका कारण कोपा अमेरिका आयोजना गर्न असमर्थ रहेको घोषण गरिएको थियो जस्ले गर्दा अर्जेन्टिनाले एक्लैले सो टुर्नामेन्ट आयोजना गर्न लागेको थियो।
अहिले अर्जेन्टिनामा कोरोना भाइरसको संक्रमन अत्याधिक रुपमा बढी रहेको हुँदा अर्जेन्टिनामा पनि कोपा अमेरिकाको आयोजना सम्भव नरहेको बताइएको छ।

हाल दक्षिण अमेरिकी फूटबल महासंघ कनमेबोल वैकल्पिक राष्ट्रहरुको खोजीमा छ। रिपोर्टका अनुसार चिली र संयुत रष्ट्र अमेरिका वैकल्पिक आयोजक राष्ट्रका रूपमा देखिएका छन्। कुनै पनि निर्णयमा नपुगेको खण्डमा यो वर्ष कोपा अमेरिका रद्द गरिने सम्भावना रहेको छ।
यो टुर्नामेन्ट आउँदो जुन ११ देखि सुरु हुन लागेको हो। विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण २०२० मा हुनुपर्ने यो टुर्नामेन्ट १२ महिना पछी २०२१ मा हुन लागेको हो।