कोपा अमेरिका २०२१: अर्जेन्टिनालाई कोलम्बियाको चुनौती

एजेन्सी, कोपा अमेरिका अन्तर्गत सेमिफाइनलको दोश्रो खेलमा अर्जेन्टिना र कोलम्बिया भिड्दै छ। दुबै टिम फाइनल पुग्नको लागि मैदानमा उत्रिदै छ।

कोलम्बियाले क्वाटरफाइनलमा उरुग्वेलाई निराश बनाउदै सेमिफाइनलको यात्रा तय गरेको थियो भने अर्जेन्टिनाले इक्वेडोरलाइ सजिलै पराजित गरेको थियो।

अर्जेन्टिना जारी प्रतियोगितामा अपराजित रहदै उत्कृष्ट खेल पस्क्दै आएको छ। त्येस्तै, कप्तान मेस्सी पनि उत्कृष्ट लयमा देखिन्छ।

अर्जेन्टिनाको कोलम्बियाविरुद्ध नतिजा राम्रो रहेको छ। यी दुई बिच ४० खेल हुदा २३ खेलमा अर्जेन्टिनाले जित हात पारेको छ भने ९ खेल कोलम्बियाले जित्दा बाकी खेल बराबरीमा टुंगिएको छ।

यी दुई बिच गत महिना खेल्दा २-२ गोलको बराबरीमा सकेको थियो। अर्जेन्टिना पछिल्ला १८ खेलमा अपराजित रहेको छ। उस्ले २०१९ कोपा अमेरिका फाइनलमा ब्राजिलसंग पराजित भए यता हार व्योहोरेको छैन।

यस्तै, कोलम्बियाको अघिल्लो ७ खेलमा अर्जेन्टिनाविरुद्ध गोल गर्न संघर्षरत छन। उस्ले सो अवधीमा मात्र २ गोल गरेका छन। दुबै गोल गत महिना विश्व कप छनोटमा आएको थियो।