कोपा अमेरिकामा मेस्सीको यस्तो उत्कृष्ट फ्री किक गोल

कोपा अमेरिका २०२१ मा अर्जेन्टिनाले आफ्नो पहिलो खेल चिली सँग खेलेको छ र उक्त खेल बराबरीमा अन्त्य भए पनि टिमका सुपरस्टार मेस्सीको गोलको हाल धेरै चर्चो हुँदै गरेको छ। मङ्गलवार बिहान सकिएको खेलमा अर्जेन्टिना चिली सँग १-१ को बराबरीमा रोकिएको हो ।

अर्जेन्टिनाका लागि कप्तान लियोनेल मेस्सीले गोल गरेका थिए र उनको उक्त गोल निकै उत्कृष्ट रहेको थियो। खेलको ३२औँ मिनेटमा अर्जेन्टिनालाई अग्रता दिलाउन मेस्सीले २५ यार्ड टाढाबाट निकै उत्कृष्ट फ्री किक प्रहार गरे। उक्त प्रहार चिलीका गोलरक्षक क्लाउडियो ब्राभोले रोक्न असम्भव रह्यो।

हाल उनको सो उत्कृष्ट फ्री किक गोलको भिडियो भाइरल हुँदै गएको छ। अर्जेन्टिनाले पहिलो हाफमा लिएको अग्रता दोस्रो हाफमा भने जोगाउन सकेन । ५७ औँ मिनेटमा चिली खेल बराबरी गर्‍यो । पेनाल्टी क्षेत्रभित्र निकोलस टाग्लियाफिकोले आर्टुरो भिडाललाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

भिडाल आफैंले गरेको पेनाल्टीलाई अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेजले विफल पारे पनि रिबाउन्डमा एडुआर्डो भार्गास गोल गर्न सफल भएका थिए ।

योसँगै समूह ए मा रहेको अर्जेन्टिना र चिलीले १-१ अंक जोडेका छन् ।