कोपा अमेरिकामा भोलि बिहान ब्राजिल र पाराग्वे भिड्दै; पुरा जानकारी

कोपा अमेरिका २०१९ अन्तर्गत क्वाटरफाइनल चरणको पहिलो खेलमा उपाधि दाबेदार ब्राजिल र पाराग्वे भिड्दैछन् । ब्राजिल समूह विजेता बन्दै क्वाटरफाइनल पुगेको हो भने पाराग्वे उत्कृष्ट तेस्रो टोलीमध्येमा पर्दै अगाडी बढेको हो ।

खेल नेपाली समय अनुसार भोलि बिहान (शुक्रबार) ६:१५ बजे हुने छ ।

ब्राजिलले पछिल्लो १३ खेलमा हार बेहोरेको छैन ।
पछिल्लो ५ खेलमा ब्राजिलविरुद्ध कुनै टोलीले गोल गर्न सकेका छैनन् ।

पराग्वे पछिल्लो ३ खेलमा जितविहिन छ । पाराग्वेविरुद्ध पछिल्ला तीनै खेलमा विपक्षी टोलीले गोल गरेका छन् ।