कोपा अमेरिकामा आज राति अर्जेन्टिना र भेनेजुएला भिड्दै; खेल कति बजे? पुरा जानकारी

कोपा अमेरिकामा आज राति अर्जेन्टीना र भेनेजुएला भिड्दै छन् । नकआउट चरण अन्तर्गत नेपाली समय अनुसार राति पौने १ बजे हुने खेलका लागि दुबै टोली खेल जित्दै सेमिफाइनल प्रवेश गर्ने दाउँमा हुने छन् ।

कोपा अमेरिकामा भेनेजुएला शुरुको खेलदेखि नै अपराजित छ भने उपाधिकै दावेदारको रुपमा हेरिएको अर्जेन्टिनाको प्रर्दशन भने सन्तोषजनक छैन् । भेनेजुएलाले पेरु र ब्राजिलसँग बराबरी नतिजा निकालेको हो । भने बोलिभीयालाई हराएपछि क्वार्टरफाइनलमा समूह विजेतको रुपमा स्थान पक्का गरेको थियो ।

अर्जेन्टिना सुरुकै खेलमा पराजित भएर प्रतियोगिताको सुरुआता गरेको टिम हो । कोलम्बियासँग २ गोलले पराजित भयो भने पाराग्वेसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । यस चरणमा प्रवेश पाउनका लागि अर्जेन्टीनाले एशियाली राष्ट्र कतारमाथि २ गोलको नतिजा निकालेको थियो ।

भेनेजुएला र अर्जेन्टीनाको यो २६ औं भेट हुनेछ । केही समय अघिमात्र भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिना भेनेजुएलासंग ३ गोलले पराजित भएको थियो ।

तर, भेनेजुएला ५ पटक कोपा अमेरिकामा अर्जेन्टिनासँग पराजित भैसकेको छ । २०१६ मा भेनेजुएलालाई अर्जेन्टीनाले मेस्सीको सहयोगमा ४–१ गोलले पराजित गरेको थियो । अर्जेन्टिनाबिरुद्धको खेलमा भेनेजुएलाको रणनीति डिफेन्समा केन्द्रीत हुँदा अर्जेन्टिना अक्रामक शैलीमा खेल्ने अपेक्षा गरेको छ ।

भेनेजुएलाको टिममा हर्नानडेज, रोसल्स, साभारिनो, मोरिनो ,रिन्कन, माचिस र रोन्डोन लगायतका खेलाडी छन् । त्यस्तै मेस्सी प्रेरित अर्जेन्टिना अर्मानी,फ्योत,अकुना,लो सेल्सो,मर्टिन्ज र अगुरियो लगायत अन्य खेलाडिसहित मैदानमा उत्रने छ ।