कोपा अमेरिकाः आज राति अर्जेन्टिना र चिली भिड्दै

ब्राजिलमा जारी कोपा अमेरिकामा आज तेस्रो स्थानका लागि खेल हुँदैछ। सेमिफाइनलमा पराजित अर्जेन्टिना र चिली भिड्दैछन्।

सेमिफाइनलमा चिली पेरुसँग ३/० ले पराजित भएको थियो भने अर्जेन्टिना ब्राजिलसँग २/० ले पराजित भएको थियो। आज हुने तेस्रो स्थानको खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ।

अर्जेन्टिना र चिली पछिल्ला दुई संस्करण लगातार फाइनल खेलेका टिम हुन्। सन् २०१५ र २०१६ को फाइनलमा यी दुई टोली भिड्दा दुवै पटक चिलीले अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा हराएर उपाधि जितेको थियो।