कोपाबाट बाहिरिए पछि सुवारेजले थाम्न सकेन आँसु (भिडियो सहित)

बार्सिलोना फरवार्ड लुइस सुवारेजले पेनाल्टी सुटआउटमा गोल गर्न नसक्दा उरुग्वे कोपा अमेरिका २०१९ को क्वाटरफाइनलबाट नै बाहिरिएको छ ।

टाइब्रेकरको पहिलो प्रहारमा नै पेरुका गोलरक्षक गलेसेले सुआरेजको प्रहार विफल पार्दै उत्कृष्ट सुरुवात दिलाए । त्यसपछि दुवै तर्फका खेलाडीहरूले कुनै गल्ती गरेनन् ।

उरुग्वेका एडिन्सन काभानी, क्रिस्टियन स्टुआनी, रोड्रीगो बेन्टान्कुर र लुकास टोरेराले गोल गरे ‌‌‌। पेरुका लागि पाउलो गुरेरो, राउल रुईडाज, योशीमार योटुन, लुइस एड्भिनकुला र एडिसन फ्लोरेस गोल गर्न सफल भए ।

खेल हारे पछि लुइस सुवारेजले आफ्नो आँसु थाम्न सकेन र उनलाइ टिममेट्सहरुले सम्हाली रहेको थियो ।

भिडियो हेर्नुहोस: