कोनाते लिभरपुल जाने पक्का

एजेन्सी, विभिन्न स्रोतका अनुसार लिभरपुलले आरबि लेप्जिगको डिफेन्डर इब्राहिमा कोनाटेलाई भित्र्याउन सम्झौता पक्का भएको जानकारी दिएको छ।

लिभरपुल पछिल्लो केही महिना देखि कानोतेलाई अनुबन्धित गर्न चाहेको थियो।

डि गार्डियनका अनुसार कोनातेले पाँच बर्षको सम्झौतामा हस्ताक्षर गरिसकेको र लिभरपुलले £३०.५ मिलियन तिर्ने सहमति भएको दाबी गरेका छन।

कोनातेले जारी सिजन १२ खेल खेलेका छन। चोटका कारण उन्ले प्राय जसो खेलहरु गुमाउन पुगे।

कोनातेले लिभरपुलमा गोमेज, म्याटिप, भ्यान डाइक जस्ता खेलाडिहरुसंग प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ।