कोनमेबोलको मेस्सी माथि येस्तो कारबाही

ब्राजिलमा भएको कोपा अमेरिका फुटबल प्रतियोगिताका क्रममा अर्जेन्टिनी कप्तान मेस्सीले प्रतियोगिता आयोजक दक्षिण अमेरिकन फुटबल कन्फेडेरेसन (कोनमेबोल) माथि भ्रष्टाचारको आरोप लगाएपछि उनि माथि धेरै आलोचना भएको थियो र उनि माथि धेरै कारबाही हुने कुरा पनि आएको थियो।

Marcaको अनुसार कोनमेबोलले उनि माथि $१,५००को जरिमाना लगाएको छ र उनले फीफा विश्व कप छनोटको पहिलो खेल गुमाउने छन्। दक्षिण अमेरिकाको विश्व कप छनोट मार्चमा सुरु हुन्छ र मेस्सीले अर्जेन्टीनाको पहिलो खेल खेल्न पाउने छैनन् ।

कोपा अमेरिका फुटबलको तेस्रो स्थानका लागि चिलीसँग भएको खेलमा अर्जेन्टिनी कप्तान मेसीले रेड कार्ड पाएका थिए र उनले कोनमेबोल माथि भ्रष्टाचारको आरोप लगाए पछि उनि माथि कोनमेबोलले कारबाही गर्ने भएको छ।