कोज्लोव्स्की बने युरो कपमा खेल्ने कान्छो खेलाडि

एजेन्सी, क्यास्पर कोज्लोव्स्की युरोपियन च्याम्पियनसिपमा खेल्ने कान्छो खेलाडी बनेको छ। स्पेनबिरुद्ध मैदानमा बैकल्पिक खेलाडीका रुपमा प्रवेश गरेसंगै उन्ले उक्त रेकर्ड बनाएको हो।

उन्ले खेलको ५६ औं मिनेटमा म्याट्युस क्लिचको स्थानमा मैदान भित्रिएको थियो। उनी १७ बर्ष र २४६ दिनका थिए।

उन्ले यसै प्रतियोगितामा ६ दिन अघि जुड बेल्लिङ्हमले बनाएको रेकर्ड तोडेका हुन। बेल्लिङ्हमले क्रोएसियाबिरुद्ध बैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्दै रेकर्ड बनाएको थियो। उन्ले उक्त रेकर्ड बनाएको ६ दिन पछि क्लिचले रेकर्ड तोडेको हो।

कोज्लोव्स्की पोल्याण्डका लागि ३ खेल खेलिसकेका छन।