बार्सिलोनाका स्टार डच मिडफिल्डर फ्रेन्की डि जोङ्गले बेन्फिकासँगको च्याम्पियन्स लिगको हारपछि प्रशिक्षक रोनाल्ड कोम्यानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।
Frenkie de Jong asked about Ronald Koeman future: “In my opinion the solution is not to change the coach”. 🔴 #FCB #Koeman
— Fabrizio Romano (@FabrizioRomano) September 29, 2021
बार्साको ३-० हारमा डि जोङ्गको खेल राम्रो नै रहे पनि उनले बार्सालाई हारबाट जोगाउन सकेनन् र हाल बार्साको हार पछि क्लबमा कोच रोनाल्ड कोम्यानको भविष्य’bout धेरै चर्चा हुँदै गर्दा उनले डच कोचको पक्षमा बोलेका छन् भने कोच कोच परिवर्तन गर्नु क्लबको समस्याको समाधान नरहेको उनले बताए।
“मलाई लाग्दैन कि कोच परिवर्तन गर्नु समाधान हो,” डि जोङ्गले म्याच पछि भने।
“म कोमनको ’boutमा कुरा गर्न सक्दिन, यो मेरो ठाउँ हैन।
Multiple Barcelona players have said firing Ronald Koeman would solve nothing 👀
— Goal News (@GoalNews) September 30, 2021
“हामीले लडिरहनु पर्छ, सँगै रहनु पर्छ र यो स्थिति लाई पार गर्नु पर्छ। हामी केवल कडा मेहनत र एक टिम को रूप मा एकजुट भएर यो अवस्थाबाट बच्न सक्छौँ।”
खेलको पहिलो हाफ बार्साको लागि धेरै खराब नरहेको डि जोङ्गको विश्वास छ, तर बार्साले पाएको मौका गुमाएको कारण हारको सामना गर्न परेको उनले दाबी गरे।
“यो अहिले एक कठिन क्षण हो, उनीहरूले गोल धेरै चाँडै गरे,” उनले थपे।
“यसले सधैँ चीजहरूलाई गाह्रो बनाउँछ।
“पहिलो हाफमा हामीले नराम्रो खेलेनौँ, हामीले अवसर सिर्जना गर्यौँ तर गोल गर्न सकेनौँ। दोस्रो गोल पछि खेल धेरै खुल्ला थियो र हामीले राम्रो प्रतिक्रिया देखाएनौँ।”