“कोच अफ द यर अवार्ड जित्न सायद फ्लिकले एक सीजनमा सातवटा उपाधि जित्न पर्ने छ”

टोटेनह्यामका कोच जोसे मोरिन्होले प्रतिद्वन्द्वी लिभरपूलका कोच क्लोप फिफाको कोच अफ द यर पुरस्कार पाउन योग्यको नभएको बताएका छन्। लिभरपूललाई ३० वर्षमा पहिलो पटक लिग उपाधि जित्न मद्दत गरेका क्लोपले २०२०को फिफाको कोच अफ द यर अवार्डका जितका थिए।

तर मोरिन्होले सो कुरामा आँखा उठाउँदै भने कि गत सिजन बायर्न म्युनिख संग ट्रेबल जितेका कोच हान्सी फ्लिक सो अवार्डका वास्तविक हकदार थिए।

फ्लिकलेले बायर्न म्युनिख संग च्याम्पियन्स लिग र बुन्डेसलिगा शीर्षक सहित- यस वर्ष ५ उपाधिहरु जितेका छन्।

मोरिन्होले व्यंग्यात्मक रुपमा भने: “मेरो विचारमा फ्लिकले सो अवार्ड जित्न अझै दुई वा तीन वटा नयाँ प्रतियोगिता खोज्नु पर्ने छ बायर्न संग जित्नको लागि।

“सायद यदि उनले एक सीजनमा सातवटा उपाधि जिते भने सायद उनले सो पुरस्कार जित्ने छन्।”

“फ्लिकले मात्र च्याम्पियन्स लिग, बुन्डेस्लिगा, पोकल, जर्मन सुपर कप र यूईएफए सुपर कप जितेका छन्। मात्र केवल पाँच जितेका छन्।

“बिचरा फ्लिक। बायर्नले अझै दुई वा तीनवटा ट्राफी जित्नु पर्ने रैछ।”