कोचहरूलाई बर्खास्त गर्दै युनाइटेडले हाल सम्म यति ठुलो रकम खर्च गरेको छ

हालै प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले आफ्नो नर्वेजियन प्रशिक्षक ओले गनर सोल्सरलाई बर्खास्त गरेको छ। सम्झौता सकिनु अगाडी ओले गनर सँग सम्झौता अन्त्य गरे पछि युनाइटेडले उनलाई क्षतिपूर्ति तिर्न परेको छ र सर एलेक्स फर्ग्युसनको प्रस्थान पछि हाल सम्म कोचहरूलाई बर्खास्त गर्दै युनाइटेडले £३८ मिलियन खर्च गरेको रिपोर्ट छ।

युनाइटेडले ओले गनर सोल्सरलाई बर्खास्त गरे पछि £७.५ मिलियन क्षतिपूर्ति तिर्न परेको जानकारी छ र फर्ग्युसन पछि युनाइटेडले हाल सम्म ४ कोचहरूलाई बर्खास्त गरेको छ र उक्त बर्खास्तहरू भने सस्तो नरहेको देखिन्छ- ओले गनर सोल्सरको बर्खास्त पछि युनाइटेडले कोचहरूलाई क्षतिपूर्तिको रुपमा हाल सम्म £३८ मिलियन तिरेको छ।

फर्ग्युसन-युग पछिको पहिलो प्रबन्धक युनाइटेडको लागि डेभिड मोयेस थिए, जो पूर्ण सिजन सकिने अघि बर्खास्त भए र उनले £७ मिलियन पाए। लुइस भ्यान गाललाई युनाइटेडले २०१५/१६ सिजन एफए जित बाबजुद बर्खास्त गरे र उनलाई युनाइटेडले £८.४ मिलियन तिरेको थियो।

भ्यान गाल पछि मुख्य प्रबन्धकको रुपमा जोसे मोरिन्हो आए लिग कप, युरोपा लिग र लिगमा दोस्रो स्थानको बाबजुद लिभरपुल विरुद्ध ३-१को हार पछि युनाइटेडले डिसेम्बर २०१८ उनलाई बर्खास्त गर्ने निर्णय लिएको थियो। मोरिन्होलाई बर्खास्त गर्न युनाइटेडले £१५ मिलियन तिरेको थियो। कुल मिलाएर, वर्तमान रोमा कोच मोरिन्होले आफ्नो व्यवस्थापकीय करियरको दौडान बर्खास्त मात्र हुँदै £९३ मिलियन कमाएका छन्। 

हाल युनाइटेडले ओले गनर सोल्सरलाई बर्खास्त गरे पछि £७.५ मिलियन क्षतिपूर्ति तिरेको छ जसको मतलब कोचहरूलाई बर्खास्त गर्दै युनाइटेडले £३८ मिलियन खर्च गरेको छ।