कोउटिन्हो दिएर एम्बाप्पे भित्र्याउने बार्सिलोनाको योजना

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनले युईएफएको आर्थिक पारदर्शिताको नियमअनुसार नेयमार वा किलियन एम्बाप्पेमध्येलाई क्लबबाट बिदाई गर्नुपर्नेछ । प्रकाशित समाचारका अनुसार दुई पीएसजीले बार्सिलोनाका कोउटिन्होलाई भित्र्याएर एम्बाप्पे दिने कुरा आएको छ ।

पछिल्लो समय बार्सिलोनामा कोउटिन्होको प्रदर्शन खस्किदै जाँदा उनको स्थान डेम्बेलेले लिइसकेका छन् । प्रशिक्षक अर्नेष्टो भालभर्देले कोउटिन्होलाई निर्धक्क बेन्चबाट मैदान छिराइरहेको अवस्थामा कोउटिन्हो क्लबमा खुसी छैनन् । बिभिन्न क्लबले कोउटिन्होलाई १५० मिलियन यूरो दिइरहेको अवस्थामा एम्बाप्पेलाई सोही मूल्यमा वा केही रकम थप गरेर बार्सिलोनाले एम्बाप्पे भित्र्याउन चाहेको समाचार फ्रान्सेली मिडियाहरुले प्रकाशित गरेको छ ।

बार्सिलोनाका स्ट्राइकरद्वय मेसी र स्वारेजको बिकल्पको रुपमा पनि एम्बाप्पेलाई हेरिएको छ । अर्का स्ट्राइकर डेम्बेले पनि क्लबसँग रहेको कारणले बार्सिलोना लामो समयसम्म ढुक्क हुन चाहेको समाचार छ ।