के रोनाल्डो र मेस्सीको युग सकेकै हो त?

च्याम्पियन्स लिगमा सन २००५ देखि पहिलो पल्ट मेस्सी र रोनाल्डो क्वाटरफाइनलमा खेल्ने छैन। युभेनटसलाई पोर्टोले अन्टिम १६ मा अवे गोलको आधारमा पराजित गरेको थियो।

त्येस्तै गए राती बार्सिलोना पिएसजीसंग बराबरी खेल्दै च्याम्पियन्स लिगबाट बाहिरिएको थियो।


मेस्सीले पेरिसमा उत्कृष्ट गोल गरेका थिए। उन्को पेनाल्टी पिएसजीका गोलरक्षक केलर नाभासले बचाएका थिए।

२००४-२००५ को सिजनमा मेस्सीले केबल एक च्याम्पियन्स लिग खेल खेले। उक्त खेलमा बार्सिलोना शक्तार दोनेस्टसंग २-० ले हार बेहोरेका थिए। सो सिजन बार्सिलोना समूह चरणबाटै बाहिरिएका थिए।

रोनाल्डोले सोही सिजन म्यान्चेस्टर युनाईटेडका लागि सात खेल खेले जस्मा उन्ले २ अस्सिट प्रदान गरे।

युनाईटेड मिलानको हातबाट बाहिरिन पुगे। मिलानले अन्तिम १६ मा युनाईटेडलाई २-० को समग्रमा पराजित गरेका थिए।