के रोनाल्डोको प्रस्थान पछि युभेन्टसको खेलमा गिरावट आएको हो?

सिरी ए क्लब युभेन्टसको यो सिजनको लिग सुरुवात राम्रो रहेको छैन। पछिल्लो ४ खेलमा २ बराबरी र २ हारको साथ लिगको १८औँ स्थानमा रहेको युभेन्टस हाल सम्म लिगमा जित विहीन रहेको छ। युभेन्टसको हाल खराब प्रदर्शन रोनाल्डोको प्रस्थानबाट रहेको धेरै फ्यानहरूको विश्वास रहेको छ।

आइतबार राती भएको खेलमा युभेन्टस र एसी मिलान बिचको खेल १-१मा अन्त्य भए पछि हाल युभेन्टस रेलिगेसन जोनमा रहेको छ भने युभेन्टसमा गोल कर्ताको अभाव भएको स्पष्ट रहेको छ। गत ३ सिजन देखि सुपरस्टार रोनाल्डो युभेन्टसको मुख्य गोल कर्ताको रुपमा रहेका थिए भने हाल रोनाल्डोको प्रस्थानले युभेन्टसलाई ठुलो प्रभाव गरेको देखिन्छ भने रोनाल्डोको उत्कृष्ट प्रदर्शन म्यानचेस्टर युनाइटेडमा जारी रहेको छ।

हाल सम्म युनाइटेडको लागि रोनाल्डोले ३ खेलमा ४ गोल गरेका छन् र युनाइटेड ५ खेलमा ४ खेल जित र १ बराबरीको साथ लिगको तेस्रो स्थानमा रहेको छ।

युभेले आफ्नो पछिल्लो ४ लिग खेलमा ६ गोल खाएको छ भने मात्र ४ गोल गर्न युभे सफल भएको छ जसले गोल कर्ताको रुपमा रोनाल्डोलाई प्रतिस्थापन गर्न मोराता र डिबाला जस्ता खेलाडीलाई गाह्रो भएको देखिन्छ। च्याम्पियन्स लिगको पहिलो खेलमा भने माल्मो विरुद्ध युभेको प्रभावशाली प्रदर्शन रहेको थियो र उक्त खेलमा युभेले ३-०को जित हासिल गरेको थियो।