के यो विश्वकपमा पनि चम्किने छन् मेक्सिकोका स्टार गोलकिपर

कतारमा हुने फिफा विश्वकप सुरु हुन अब १८ दिन मात्रै बाँकी छ भने मेक्सिकोका स्टार गोलकिपर गुइलेर्मो ओचोआको फेरी चर्चा हुन सुरु गरेको छ र यो विश्वकपमा पनि उनको उत्कृष्ट प्रदर्शन हुने फ्यानहरूको आसा रहेको छ।

गत दुई विश्वकपमा मेक्सिकोको लागि गुइलेर्मो ओचोआको प्रदर्शन निकै उत्कृष्ट रहेको थियो र उनी आफ्नो नाम धेरै फ्यानहरूको मनमा राख्न सफल भएका छन्। क्लब फुटबलमा उनको वारे धेरै चर्चा नभए पनि पछिल्लो विश्वकपमा उनको प्रदर्शनले धेरै फ्यानहरू कतारमा पनि उनको खेल हेर्न आतुर रहेका छन्।

२०१४को विश्वकपमामा , ओचोआले आयोजक ब्राजिल विरुद्ध खेलमा म्यान अफ द म्याच प्रदर्शन गरे – र नेमारको धेरै गोल प्रयास उनले विफल बनाउने विश्वकप इतिहासकै उत्कृष्ट सेभ मध्ये एक ओचोआले निकाले।

उनी २००६ र २०१०को विश्वकपको लागि पनि मेक्सिकोको टोलीमा थिए तर उनले खेल समय पाएका थिएनन् भने पछिल्ला दुई विश्वकप लागि, उनी मेक्सिको मुख्य गोलकिपरको रूपमा रहेका छन् भने यो वर्षको विश्वकपमा पनि उनी चम्किने सक्ने धेरैको विश्वास रहेको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ