के म्यान्चेस्टर युनाइटेडका स्ट्राइकर काभानीले क्लबलाई बिदाई गरेका हुन् त?

इङलिस क्लब म्यान्चेस्टर युनाइटेडका उरुगुवेन खेलाडी इडिन्सन काभानीले बिहिबार राती भएको बर्न्लेबिरुद्धको ३-१ को जित पछि दर्शकहरुलाई खेल पछि बिदाइ गरेको हुनसक्ने विभिन्न रिपोर्ट्सहरुले जनाएका छन् ।

म्यान्चेस्टर युनाइटेडमा गत सिजन आएका स्ट्राइकर बार्सिलोना जान सक्ने हल्ला चलिरहेको छ र खेल पछि केहि समय दर्शकहरुलाई हात हल्लाउँदै धन्यवाद दिइरहेको हुँदा उनले क्लब छोड्न सक्ने प्रवल सम्भावना देखिन्छ ।

साधारणतया, खेलाडीहरुले क्लबका लागि आफ्नो अन्तिम खेल खेलेपछी त्यसरी दर्शक सामु प्रस्तुत हुने गर्छन् ।

यधपी, २०२१ को अन्तिम खेल भएको हुनाले पनि काभानीले दर्शकहरुलाई नयाँ सालको शुभकामना र २०२१ मा दिएको साथको लागि धन्यवाद दिएको हुनसक्ने केहि दर्शकहरुले आफ्नो ट्विटरमा लेखेका छन् ।