फ्रेन्च लिग वानमा पिएसजीले स्ट्रासबर्ग एफसी सँग खेलेको थियो भने उक्त खेलमा ब्राजिलियन सुपरस्टार नेमारले रातो कार्ड पाएका थिए सो खेल हाल केही विवादास्पद बन्न पुगेको छ ।
Mucho viento en París.. #Neymar #Dive pic.twitter.com/4PBAncnGpq
— Footballisticamente (@e_noticiero) December 28, 2022
उक्त खेलको दोस्रो हाफमा नेमार दुई पटक पहेँलो कार्ड पाएका थिए जसमा दोस्रो उनले पेनाल्टीको लागि डाइभ गरेको भन्दै पाएका थिए जसको कारण उनले मैदान छोड्न परेका थिए।
खेलको ६१ औँ मिनेटमा स्ट्रासबर्ग मिडफिल्डर एड्रियन थोमासन अनुहारमा नेमारको हातले लागे पछि उनलाई रेफ्रीले पहेँलो कार्ड देखाएका थिए भने उक्त घटनाको १ मिनेट पछि नै उनले पेनाल्टीको लागि डाइभ गरेको भन्दै रेफ्रीले उनलाई दोहोरो पहेँलो कार्ड देखाउँदै मैदान छोड्ने आदेश दिए।
@PSG_inside Neymar receives a red card for fake dive tonight #redcard
Neymar #mancity
Haaland #arsenal
Mudryk pic.twitter.com/F9IYdG37TI— Mykhailo Mudryk 🗯 (@evanspedd1) December 28, 2022
रेफ्रीको उक्त निर्णयबाट ब्राजिलियन स्टार नेमार खुसी थिएनन् भने उनले रेफ्री सँग केही विवाद पनि गरेका थिए।
२२२ मिलियन युरो (२३६ मिलियन डलर) को विश्व रेकर्ड शुल्कमा २०१७मा पिएसजीमा सामेल भएदेखि नेमारको यो पाँचौँ रातो कार्ड थियो, र दोस्रो स्थान लेन्स विरुद्धको खेल नेमारले गुमाउने भएको छ ।
#NSTsports Neymar picked up a yellow for a petulant flick in the face of a Strasbourg player and then earned another for a blatant dive in the penalty area just after the hour.#PSGhttps://t.co/63jAyUHrBA
— New Straits Times (@NST_Online) December 29, 2022
स्ट्रासबर्ग एफसी विरुद्धको उक्त खेलमा भने पिएसजीले २-१को जित हासिल गरेको थियो । एम्बाप्पे र माक्विनहोसले गोल गर्दा पिएसजीले सहज २-१को जित हासिल गरेको हो।