के नेपाली फुटबलमा बिमल घर्ती मगरको अभाव खड्केकै हो त?

नेपाल राष्ट्रिय फुटबल टिमका खेलाडी विमल घर्ती मगर पछिल्लो समय राष्ट्रिय फुटबल टोलिमा पर्न सकेका छैन ।

विगत लामो समय देखि राष्ट्रिय फुटबल टोलिमा राम्रो प्रदर्शन गर्दै आइ रहेका छन । भर्खरै नेपाली टोलिले बंगलादेश सँगै दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा विमल राष्ट्रिय टोलिले बोलाए ३४ बन्द प्रशिक्षण देखि बंगलादेश जाने टिममा समेत परेनन् ।

एन्फाले विमल सहित चार जना खेलाडीलाई कार्वाही गरेको थियो । जसमा अन्जन बिष्ट , सन्तोष तामाङ , दिनेश राजवंशीलाई कार्वाही गरेको थिए । फिफा विश्वकप २०२२ को छनोट खेल खेल्नु अघि उनीहरू चारै जना डान्सवारमा गएको भन्दै एन्फाको नियम र अनुशासन भन्दा बाहिर अएको भन्दै कार्वाही गरेको थियो ।

विमल २०१३ साफ च्याम्पियनसिपमा पाकिस्तानविरूद्ध नेपाल राष्ट्रिय फुटबल टिमका लागि गोल गरेसँगै एकाएक चर्चामा आएका थिए । विमल अन्तराष्ट्रिय फुटबलमा गोल गर्ने विश्वकै छैटौँ कान्छा फुटबल खेलाडी समेत हुन्, उनी नेपालको लागि डेब्यु गर्ने (१४ वर्षको उमेरमा) गोल गर्ने सबभन्दा युवा खेलाडी बनायो । यो किर्तिमान यसअघि भरत खवासले राखेका थिए । उनले १६ वर्षको उमेरमा गोल गर्दै बनाएका थिए ।

नेपालले बंगलादेशबिरुद्ध दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पहिलो खेल २-० को हार व्यहोरेको थियो भने दोस्रो खेलमा सुधारीएको प्रदर्शन गर्दै गोलरहित बराबरी खेलको थियो । जसमा विमलको अभाव निकै खड्किएको थियो । यदि उक्त खेलमा नेपालको तर्फबाट विमल भएको भए केही फरक हुने थियो भन्ने धेरैको धारण रहेको थियो ।