के जाभीले बार्साको स्थिति परिवर्तन गर्न सक्ने छन्?

बार्सिलोनाको मुख्य प्रशिक्षकमा पूर्व खेलाडी जाभी हर्नान्डेज नियुक्त भएका छन् । रोनाल्ड कोम्यानलाई बर्खास्त गरेपछि मुख्य प्रशिक्षकका लागि बार्सिलोनाले जाभीलाई नियुक्त गरेको हो ।

बार्सिलोनाबाट क्लबका तीन जना पदाधिकारी कतार पुगेर जाभी प्रशिक्षक रहेको क्लब अल सादसँग कुरा गरेपछि उनलाई बार्सिलोना फर्काउन राजी भएको हो । पछिल्लो समय बार्सिलोनाले कोम्यानको स्थानमा सेर्जी बार्जुआनलाई अन्तरिम प्रशिक्षकको रुपमा नियुक्त गरेको थियो ।

हाल बार्सा फ्यानहरूको आशा जाभी माथि निकै धेरै हुने छ। क्लबको हाल निकै खराब फम रहेको छ भने ११ लिग खेलमा बर्सा केवल ४ जितको साथ लिगको नवौँ स्थानमा रहेको छ। हाल खबर अनुसार जाभीले बर्सा पूर्ण निर्माण गर्ने कार्य गर्न छन् जसको लागि उनले ट्रान्सफर विन्डोमा ४ खेलाडी साइन गर्ने योजना बनाएको पनि जानकारी छ। उनको नजरमा युवा स्टार अर्लिङ हालण्ड, म्यान्चेस्टर युनाइटेडका स्टार पोग्बा, आरबी लाइपजिगका ड्यानी ओल्मो र सेभिल्लाका जुलेस कौंडे रहेको जानकारी छ।

उनले बार्साको खेल शैली पनि परिवर्तन गर्ने खबर छ। जाभीले खेलाडीको रुपमा १७ वर्ष बार्सिलोनाको लागि खेल्दै सन् २०१५ मा क्लब छाडेका थिए ।

४१ वर्षीय जाभीले खेलाडीको रुपमा बार्सिलोनालाई आठ पटक ला लिगा र चार पटक च्याम्पियन्स लिगको उपाधि जिताएका थिए । सन् २०१० मा स्पेनलाई विश्वकपको उपाधिका साथै दुई पटक युरोपियन च्याम्पियनसिप जिताएका थिए ।

त्यसपछि उनी कतारी क्लब अल–सादको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्न पुगेका थिए ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ