के क्रिस्टियानो रोनाल्डो म्यान्चेस्टर युनाइटेड फर्किने छन्?

पोर्तुगलका लेजेण्ड रोनाल्डोको प्रदर्शन युभेन्टसमा शानदार रहेको छ,९६ खेलमा ७४ गोल गरेका सुपरस्टारलाई युभेन्टस बेच्न तयार हुने खबर रहेको बेला उनि म्यान्चेस्टर युनाइटेड फर्किन सक्ने चर्चा हुदै गरेको छ। सो चर्चा बारे प्रसिद्ध ट्रान्सफर विशेषज्ञ फेब्रिजियो रोमानोले बोलेका छन्।

खबर अनुसार युभे आफ्नो तलब खर्च कम गर्न रोनाल्डोलाई बेच्न तयार हुने छन्। हाल उनको तलब युभेमा £२८ मिलियन प्रति वर्ष रहेको छ। युभेन्टसले उनलाई बेच्ने कुरा हुँदा युनाइटेड उनलाई साइन गर्न इच्छुक रहेको कुरा आएको थियो।

सो बारे फेब्रिजियो रोमानोले एक पोडकास्टमा बोले, उनले बताए कि हालको समय युनाइटेडले उनलाई साइन गर्ने कुरा उनि देख्दैनन।

उनको दाबी छ कि युनाइटेडले क्रिस्टियानो रोनाल्डोलाई होइन तर विभिन्न खेलाडीहरूमा ध्यान केन्द्रित गर्दै छन् ।

उनले थपे कि युभेन्टसको विश्वास छ रोनाल्डो यस सिजन पछि पनि क्लबमा रहने छन् र उनि क्लबमा खुसी छन्।