के एस आइ र लोगनको रि-म्याच खेल हुने पुष्टि भएको छ।

के एस आइ र लोगन बीचको रि-म्याच ९ नोभेम्बरमा लस एन्जलसमा हुने पक्का भएको छ।

यूट्यूबका दुइ ठुला स्टारहरुले अगष्ट २०१८मा बक्सिंगमा एक अर्काको सामना गरेका थिए तर उक्त म्याच बराबरी भएको थियो र अब रि-म्याच हुने भनेर दुबै यूट्यूबर पुस्टि गरेका छन्।

दुइ बीच पहिलो खेल म्यानचेस्टरमा भएको थियो यो पटक भने म्याच अमेरिकाको लस एन्जलसमा हुन छन्।
दुबै व्यावसायिक बक्सिंग खेलाडी हैनन्, दुइ यूट्यूबका स्टारहरु भ्लग र गेमिंग भिडियोहरूको लागि प्रसिद्ध छन्।

पहिलो म्याच एमेच्योर म्याचको रूपमा भएको थियो र हेड गार्डको प्रयोग अनिवार्य थियो अब हुने म्याचमा भने हेड गार्डको प्रयोग नहुने पुष्टि भएको छ।