आइतबार २०२२को फिफा विश्व कपको फाइनलमा अर्जेन्टिनाले उपाधिको लागि साबिकको विजेता फ्रान्स विरुद्ध खेल्ने छ भने फिफा विश्व कपमा युरोपियन राष्ट्रहरूको दबदबा अन्त्य गर्ने अर्जेन्टिनालाई धेरै राम्रो मौका रहेको छ।
विश्व कपको पछिल्लो ५ संस्करणमा ४ पटक युरोपियन राष्ट्रले विश्व कप जितेको छ भने २०१८को सेमी फाइनलमा ४वटा टिम नै युरोपियन रहेको थियो ।
१२ पटक युरोपियन राष्ट्रले विश्व कप जितेको छ र धेरै समय देखि विश्व कपमा युरोपियन दबदबा रहेको बेला त्यो अवस्थाको अन्त्य गर्ने प्रयासमा अर्जेन्टिना यो वर्ष हुने छ।
अन्तिम पटक २००२मा युरोप बाहिरको राष्ट्रले विश्व कप जितेको थियो त्यो वर्षको फाइनलमा ब्राजिलले जर्मनीलाई पराजित गर्दै विश्व कप जितेको थियो भने २००२ पछिको ४ विश्व कपमा युरोपियन विजेता रहेको थियो जस मध्ये ३मा विश्व कपको उपविजेता पनि युरोपियन राष्ट्र नै रहेको थियो।
२०१४मा पनि फाइनल पुगेको अर्जेन्टिना त्यो समय जर्मनी सँग पराजित भएको थियो र त्यो बेला युरोपको दबदबा अन्त्य गर्न अर्जेन्टिना असफल भए पनि यो वर्ष अर्जेन्टिनालाई निकै राम्रो मौका रहेको छ।
अन्तिम पटक १९८६मा विश्व कप अर्जेन्टिनाले यस वर्षको उपाधिको लागि साबिकको विजेता फ्रान्सलाई पराजित गर्दै विश्व कपको उपाधि युरोप बाहिर लग्ने लक्ष्यको साथ आइतबार खेल्ने छ। उक्त खेल नेपाली समय अनुसार ८:४५मा सुरु हुने छ।