केभिन डि ब्रोइनाले आफुले चेल्सी छोड्नुको कारण खोले

म्यानचेस्टर सिटीका स्टार मिडफिल्डर केभिन डि ब्रोइनाले आफूले चेल्सी छोड्नुको कारण बताएका छन्। उनले २०१४मा स्थायी रूपमा क्लब छोडेका थिए र उनी जर्मन क्लब वुल्फबर्गमा गएका थिए भने २०१५मा उनी सिटी संग फेरी प्रिमियर लिगमा फर्किए।

उनले चेल्सी छोड्ने आफ्नो निर्णयमा त्यो समयको चेल्सी कोच जोसे मोरिन्हो सँगको आफ्नो सम्बन्धमा सङ्केत गरे। सो ’bout बोल्दै मोरिन्होले उनलाई चेल्सीमा आफ्नो लागि ठाउँ नभएको महसुस गराएको बताए भने आफूले मौका पनि नपाएको उनले गुनासो गरे।

“जोसे मोरिन्होसँगको मेरो सम्बन्धको ’boutमा प्रेसमा धेरै कुरा रहेको छ” बेल्जियमका स्टारले भने।

“तर सत्य यो हो कि मैले उहाँसँग केवल दुई पटक मात्र कुरा गरेको छु। उनको योजना सधैँ मलाई लोनमा पठाउने थियो।

“जोसेले मलाई डिसेम्बरमा उनको कार्यालयमा बोलाए, र सायद यो मेरो जीवनको दोस्रो सबैभन्दा ठुलो पल हो। उहाँसँग केही कागजातहरू थियो र उनले भने, ‘एउटा असिस्ट, शून्य गोल। दस वटा रिकभरी।’

“उनको कुरा मैले पछि बुझे। त्यसपछि उनले अन्य आक्रमणकारी खेलाडीहरूको तथ्याड़कहरु मलाई देखाए – विलियन, अस्कर, [जुआन] माटा, । उनीहरूको – पाँच गोल, १० अस्सिस्तकोहरुको कुरा उनले मलाई सुनाए।

“अन्तमा मैले भने, ‘तर यी मध्ये केहिले १५-२० खेल खेलेका छन्। मैले केवल तीन खेलेको छु। यसमा धेरै फरक छैन, हैन?

“यो एकदम अनौठो थियो। मैले पुरा इमानदार भएको बोलेको थिए। मैले भनेँ, ‘मलाई लाग्छ चेल्सी मलाई वास्तवमै यहाँ चाहँदैनन्। म फुटबल खेल्न चाहन्छु। बरु तपाईँले मलाई बेच्नुस्।’

“मैले क्लब छोड्ने निर्णय गरेँ ’cause मलाई लाग्यो कि त्यस समयमा मसँग खेल्ने कुनै सम्भावना छैन। मैले धेरै अवसरहरू आउँदै गरेको देखिनँ, चेल्सी छोड्ने उत्तम निर्णय थियो।”