केन सिटि जान इच्छुक

एजेन्सी, टोटेन्हम हट्स्परका कप्तान ह्यारी केन क्लब छोडै प्रतिद्वन्द्वी क्लब म्यान्चेस्टर सिटि जान चाहेको इगंलिश सन्चार माध्यमले जानकारी दिएका छन।

क्लब छोड्ने मनसायमा रहेको केन ट्रान्स्फर विन्डो खोले पछि छाडे छन।

ड टाइम्सका अनुसार केनले क्लबका कार्यकारी अधिकृत ड्यानियल लिभीसंग छोड्ने बिषयमा मौखिक रुपमा सम्झौता भैसकेको र यस सिजनको अन्त्यसंगै क्लबले केनलाई अन्य क्लबसंग वार्ता गर्न अनुमती दिने छन।

सम्झौता सकिन तीन बर्ष रहेको अवस्थामा क्लबले चित्तबुझ्दो प्रस्ताव नआए उनी टोटेन्हममै बस्नु पर्ने हुन्छ। क्लबले केनको मुल्य१७५ मिलियन युरो टोकेको छ।

सिटिले केनसंगै बोरुसिया डोर्ट्मुण्डको स्ट्राइकर एर्लिङ हलान्डलाई पनि सुचिमा राखेको छ।