केन साइन गर्न असफल रहे पछि सिटीको नजर रोनाल्डोमा

प्रिमियर लिग कलम म्यानचेस्टर सिटीको नजर युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डो रहेको खबर छ। हाल खबर अनुसार रोनाल्डो युभेन्टस छोड्न इच्छुक छन् र ट्रान्सफर मार्केटमा उपलब्ध विकल्पमा उनले ध्यान दिने जानकारी छ। उनले युभे छोड्न सक्ने खबरहरू आउँदै गर्दा उनी प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीमा जान सक्ने धेरै चर्चा रहेको छ।

टोटेनह्यामका स्टार स्ट्राइकर ह्यारी केनलाई साइन गर्न असफल रहे पछि रोनाल्डोलाई सिटीले साइन गर्न सक्ने चर्चा झन् बढेको छ। खबर अनुसार सिटी सित्तैमा ट्रान्सफर चाहन्छ र रोनाल्डोलाइ प्रति सीजन £१२.८ मिलियन तलब सहित दुई वर्षको अनुबन्ध प्रस्ताव गर्न सिटी इच्छुक रहेको छ।

रोनाल्डोका एजेन्ट जर्ज मेन्डेज, सिटीका प्रतिनिधिहरू सँग सम्पर्कमा रहेका छन् र खबर अनुसार रोनाल्डो बेच्न युभेन्टसले भने €२५ मिलियन सम्मको माग गर्न सक्ने छ।

३७ वर्षका सुपरस्टारको नयाँ क्लबबारे हाल धेरै चर्चा हुने गरेको छ भने उनी रियल फर्किने चर्चा भएको थियो जुन रियलका कोचले अस्वीकार गरेका छन् भने फ्रेन्च क्लब पिएसजी सँग पनि उनको नाम जोडिएको थियो भने म्यान सिटी उनको नयाँ क्लब हुन सक्ने खबर थियो तर हाल उक्त ट्रान्सफर सफल नहुने देखा परेको छ।

३७को उमेरमा पनि रोनाल्डोको खेल निकै राम्रो रहेको छ। गत सिजन सिरी एमा २९ गोलको साथ उनी शीर्ष स्कोरर बनेका थिए। हाल सम्म युभेमा रोनाल्डोले १३३ खेलमा १०१ गोल गरेका छन्।