“केन रियल म्याड्रिड जानु पर्छ”

ह्युगो सान्चेज भन्छन् टोटेनह्यामका स्टार स्ट्राइकर ह्यारी केन पहिले नै रियल म्याड्रिड खेलाडी बनि सक्नु पर्ने थियो।

रियाल म्याड्रिडका लेजेण्डले जोड दिए कि रियलले केनलाई क्लबमा भित्राउन पर्ने थियो जब क्रिस्टियानो रोनाल्डो युभन्टसको लागि प्रस्थान गरे।

सान्चेज इंग्ल्याण्ड कप्तानका ठूलो प्रशंसक हुन् र उनले क्लब अध्यक्ष फ्लोरेन्टिनो पेरेजलाई उक्त स्टार फोरवर्डलाई साइन गर्न आग्रह गरे।

“क्रिस्टियानो गए पछि म्याड्रिडले उनलाई हस्ताक्षर गर्नु पर्ने थियो,” मेक्सिकनले लेजेण्डले भने।

“र, अब उनको चोटको कारण हामीले हेर्नुपर्दछ कि उनि कसरी फर्कन्छन तर मलाई रियलले उनलाई पहिले नाइँ साइन गर्नु पर्ने थियो।”