केन भित्र्याउन सक्ने बारे म्यान्चेस्टर सिटि विश्वस्त

एजेन्सी, इङलिस क्लब टोटनह्यामले आफ्ना स्टार स्ट्राइकर ह्यारी बेच्न सक्ने बारे अर्का इङलिस क्लब म्यान्चेस्टर सिटि विश्वस्त रहेको देखिन्छ। म्यान्चेस्टर सिटि यस ट्रान्सफर सिजनको समय सिमा अघि नै उच्च रकमको सम्झौतामा केनलाई भित्र्याउन सक्ने बारे विश्वस्त रहेको भनिएको छ।

रिपोर्टका अनुसार केन टोटनह्याम छाड्न इच्छुक रहेता पनि क्लब भने उनलाई बेच्न इच्छुक छैनन् । यस ट्रान्सफर सिजनको सुरुवातमा म्यान्चेस्टर सिटिले उनका लागि गरेको १०० मिलियन पाउन्डको प्रस्ताव टोटनह्यामले अस्विकार गरेको भनिएको थियो। रिपोर्टका अनुसार क्लबका अध्यक्ष ड्यानियल लेवि उनलाई क्लबमा नै राख्न चाहन्छन्।
२८ वर्षका इङलिस स्ट्राइकर ह्यारी केन २०२४ सम्मका लागि टोटेन्ह्याममा अनुबन्धित छन्। उनले टोटेन्ह्यामका लागि ३३६ खेलमा २२१ गोल गरि सकेका छन्।