केन चम्किदा टोटेन्हमको सहज जित

एजेन्सी, युरोपा लिगको अन्तिम १६ अन्तर्गत गए राती भएको खेलमा टोटेन्हमले सहज जित निकालेका छन।

टोटेन्हमको घरेलु मैदानमा खेलेको उक्त खेलमा क्रोएसियन क्लब दिनामो जाग्रेबमाथि २-० को जित दर्ता गराए।

घरेलु टोलिलाई जित दिलाउन ह्यारी केनले दुबै गोल गरे।

पहिलो हाफको २४ औं मिनेटमा केनको गोलमा टोटेन्हमले अग्रता लियो।

त्येस्तै खेलको ६९ औं मिनेटमा केनले अग्रता दोब्बर बनाउदै खेल आफ्नो पक्षमा पारे।

खेलमा अरु गोल नहुदा टोटेन्हमले सहज २-० गोल अन्तरले जिते।

दोश्रो लेगमा टोटेन्हमले बराबरी खेले अर्को चरणमा पुग्ने छ भने दिनामो जाग्रेबले ३ गोल गर्नु पर्ने हुन्छ अर्को चरण प्रवेश गर्न।