केन अमेरिकाविरुद्ध खेल्ने

एजेन्सी । इंग्ल्याण्डका कप्तान ह्यारी केन शुक्रबार हुने अमेरिकाविरुद्धको खेलका लागि फिट रहेको मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले बताएका छन् ।

इरानविरुद्ध पहिलो खेलका दौरान खुट्टाको जोर्नीमा समस्या आए पछि अमेरिकासंगको खेलका लागि फिट नरहने आकलन गरिएको थियो ।

तर, बुधबार उनको खुट्टालो स्क्यानमा गम्भीर नरहेको पाइए पछि दोस्रो खेलका लागि खेल्ने भएको हो ।

टोटेन्हमका कप्तान समेत रहेको केनले इंग्ल्याण्डका लागि ७६ खेलमा ५१ गोल गरिसकेका छन् । उनी शिर्ष गोलकर्ता वेन रुनि भन्दा दुई गोलले तल रहेको छ ।

त्यस्तै, राइट ब्याक काइल वाल्कर प्रशिक्षणमा फर्किए पछि शुक्रबारको खेलका लागि उपलब्ध हुने समेत बताइएको छ ।