केनका लागि प्रस्ताव गर्न म्यान्चेस्टर युनाइटेडलाई आग्रह

एजेन्सी, म्यान्चेस्टर युनाइटेडका पुर्व खेलाडी ग्यारी नेभिलले क्लबलाई केन भित्र्याउनका निम्ति प्रस्ताव गर्न आग्रह गरेका छन्। रिपोर्टका अनुसार युनाइटेडले यस सिजन प्रेमियर लिग जित्नका निम्ति नयाँ खेलाडीका रुपमा जेडन सान्चो र राफायल भरान मात्र पर्याप्त नभएको उनको धारणा रहेको छ।

रिपोर्टका अनुसार केन टोटनह्याम छाड्न इच्छुक रहेता पनि क्लब भने उनलाई बेच्न इच्छुक छैनन् । यस ट्रान्सफर सिजनको सुरुवातमा म्यान्चेस्टर सिटिले उनका लागि गरेको १०० मिलियन पाउन्डको प्रस्ताव टोटनह्यामले अस्विकार गरेको भनिएको थियो। रिपोर्टका अनुसार क्लबका अध्यक्ष ड्यानियल लेवि उनलाई टोटनह्याममा नै राख्न चाहन्छन्।
२८ वर्षका इङलिस स्ट्राइकर ह्यारी केन २०२४ सम्मका लागि टोटेन्ह्याममा अनुबन्धित छन्। उनले टोटेन्ह्यामका लागि ३३७ खेलमा २२१ गोल गरि सकेका छन्।