कृतिमानी मुल्यमा आर्सनलले भित्र्यायो पेपे

फ्रेन्च क्लब लिलका विंगर निकोलस पेपे आर्सनलमा अनुबन्ध भएका छन् ।

२४ वर्षिय पेपेलाई आर्सनलले ८० मिलियन युरोमा भित्र्याएको हो । उनले आर्सनलसंग ५ बर्षको सहमति गरेको छ ।

इटालियन क्लब नापोलीले पनि पेपेलाई अनुबन्ध गर्न चाहेको थियो तर उसको प्रस्ताव अस्वीकृत भएको थियो ।

पेपे राइट बिङबाट खेल्छन् तर उनी स्ट्राइकरको भूमिकामा पनि रहन सक्छन् । उनले गत सिजन लिलका लागि २३ गोल गरेक थिए ।