कुवेत र नेपालबीच हुने भनिएको खेल स्थान परिवर्तन

फिफा विश्वकप २०२२ को एसियाली छनोटतर्फ नेपालले कुवेतसँगै यहि आउँदो सेप्टेम्बर ५ तारीखका दिन उसकै घरेलु मैदानमा खेल्दैछ ।

यसअघि नेपाल र कुवेतबीचको त्यो खेल जाबेर अल–अहमद इन्टरनेशनल स्टेडियममा हुने भनिए तापनि हाल आएर सो खेलका लागि स्थान परिवर्तन गरिएको छ । अब त्यो खेल कुवेत स्पोर्टस क्लब स्टेडियममा हुने भएको छ ।

विश्वकपको एसियाली छनौटतर्फ नेपाल एसियन पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेइसँगै समूह बी मा परेको छ ।