कुवेतबिरुद्ध नेपाल पराजित

फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत कुवेतसँग दोस्रो खेलमा नेपाल पराजित भएको छ ।

भुटानको थिम्पुमा मंगलबार भएको खेलमा नेपाल कुवेतसँग १-० गोलको झिनो अन्तरले पराजित भएको हो ।

चाङ्लिमिथाङ रंगशालामा कुवेतलाई जित दिलाउन कप्तान बदर अल मतवाले निर्णायक गोल गरे । उनले पहिलो हाफको २८ औं मिनेटमा डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए ।
खेलमा नेपालले पनि गोलको अवसर पाएको थियो । तर, नेपालले त्यसलाई सदुपयोग गर्न सकेनन् ।

सुजल श्रेष्ठको क्रसमा २२ औं मिनेटमा अभिषेक रिजालले डिबक्सभित्रबाट गरेको प्रहार आकाशिएको थियो । यस्तै ४० औं मिनेटमा रोहित चन्दको प्रहार कुवेती गोलकिपरले मुस्किलले बचाए ।

यस अघि नेपाल अवे खेलमा कुवेतसँग ७-० ले पराजित भएको थियो ।