कुन खेलाडीले जित्नु पर्छ बालोन डि ओर, के भन्छन् जिदान?

पुर्व रियल म्याड्रिडका खेलाडी तथा प्रशिक्षक जिनेदिन जिदानले करिम बेन्जिमाले बालोन डि ओर जित्नु पर्छ भनेका छन् ।

“बेन्जिमा निकै राम्रो फममा रहेको छ । म भैदिएको भए मैले उनलाई बालोन डि ओर दिने थिए । उनी हकदार हुन् ।”

“उनी अबिस्वास्निय खेलाडी हुन, उनलाई प्रशिक्षण गर्न पाउँनु निकै भाग्यमानी ठान्छु ।”

“उनलाई मैदानमा कसरी गर्ने सबै कुरा थाहा छ, उनी अरु भन्दा निकै माथी छन् र म आशा गर्छु कि बेन्जिमाले बालोन डि ओर जितोस ।”

जिदानसंगै फ्रेन्च लेजेन्डरी प्रशिक्षक आर्सने वेङरले पनि बेम्जिमाले बालोन डि ओर जित्नु पर्छ भनेका थिए ।