कुनै समयका स्टार बालोटेली हाल इटालीको चौथो डिभिजनको टिममा

मारियो बालोटेली कुनै समय एक नामी खेलाडी थिए। युरो २०१२मा उनको निकै राम्रो प्रदर्शन रहेको थियो भने उनले गोल पछि गर्ने ति रोचक सेलिब्रेशनहरु अझै पनि फ्यानहरुलाई याद हुन पर्छ।

म्यान सिटी जस्तो क्लबबाट लिग जितेका बालोटेलीको क्यारियर हाल ओइलाउने क्रममा रहेको जस्तो देखिन्छ। हाल उनि क्लब बिहिन छ भने उनि फिट हुन फ्रान्सियाकोर्टा संग प्रशिक्षण गर्दै छन् जो एक सेमी प्रो टिम हो र सिरी डीको पनि बि लिगमा खेल्ने गर्छन।

२०११/१२ तिर बालोटेलीको नाम निकै प्रसिद्ध थियो। उनको उत्कृष्ट प्रतिभाले मात्र नभै आफ्नो हास्यास्पद व्यवहार र एन्टिक्सको लागि पनि उनि प्रसिद्ध थिए।

इटालियन राष्ट्रिय टिम र म्यान सिटीमा उनि एक महत्त्वपूर्ण खेलाडी थिए तर उनको अनुशासनको अभावले पनि उनको क्यारियरमा नराम्रो असर परेको देख्न सकिन्छ र हाल ३० वर्षका बालोटेली शीर्ष स्तर फुटबलबाट धेरै टाढा पुगेका छन्, जुन पक्कै पनि दुखद कुरा हो।