क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नसरमा अनुबन्धित भएका छन् ।
क्लबका औपचारिक वेबसाईटमा क्लबले रोनाल्डो अनुबन्ध भएको जनाएको छ ।
रोनाल्डोले साउदीको क्लबसँग दुई वर्षको सम्झौता गरेको छ ।
अल नसरले रोनाल्डोलाई कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको बताईएको छ ।
History in the making. This is a signing that will not only inspire our club to achieve even greater success but inspire our league, our nation and future generations, boys and girls to be the best version of themselves. Welcome @Cristiano to your new home @AlNassrFC pic.twitter.com/oan7nu8NWC
— AlNassr FC (@AlNassrFC_EN) December 30, 2022
नसरले रोनाल्डोलाई वार्षिक १ सय ७५ मिलियन पाउन्डको अफर गरेको थियो ।
३७ वर्षीय रोनाल्डोले म्यानचेस्टर युनाईटेड छाडेपछि क्लब विहीन रहेका थिए ।
पाँच पटकको बालेन डी’ओर विजेता रोनाल्डो १२ वर्षपछि युनाईटेड फर्किएका थिए ।