“कुनै दिन मेस्सीको साथ डिनर गर्ने आशा छ”- क्रिस्टियानो रोनाल्डो

रोनाल्डो र मेस्सी दुबैले शीर्ष खेलाडीको पुरस्कार जित्न असफल भए तर दुबै जाना यो कुराले दुखि भएको देखिएको थिएन। दुबै खेलाडी उक्त समारोह संगै बसेका थिए र उनले खेली रोचक कुरा पनि गरे।

एक रिपोर्टरले रोनाल्डोलाई मेस्सी संगको प्रतिस्पर्धाको आफुलाई याद आएको छ वा छैन भनेर प्रस्न गर्दा उनले निकै रोचक उत्तर दिए।

 

“म उत्सुक थिए किनभने हामीले यो मन्चमा १५ संगै खेलेका छौं”- क्रिस्टियानो रोनाल्डोले भने

“मलाई थाहा छैन येदि येस्तो किसिमको प्रतिस्पर्धा पहिला कहिले भएको छ कि छैन भनेर, दुइ खेलाडी एउतै मैदानमा येति धेरै समय सम्म, यो सजिलो छैन”

“अवश्य पनि हामी बीच राम्रो सम्बन्ध छ”

“हामीले अहिले सम्म सँगै डिनर गरेको छैनौ तर भविष्यमा म आशा गर्छु”