कुटिनियो भित्र्याउने दौडमा लेस्टर, इन्टर र ए.सि मिलान

एजेन्सी, बार्सिलोनाका ब्राजिलियन खेलाडी फिलिप कुटिनियो भित्र्याउने दौडमा इङलिस क्लब लेस्टर सिटि र इटालियन क्लब इन्टर मिलान र ए.सि मिलान देखिएका छन्। रिपोर्टका अनुसार कुटिनियो बार्सिलोनासँग क्लब छाड्ने बारे छलफल गर्न छिट्टै भेट्दै छन्।

उनलाई लिभरपुलबाट भित्र्याउन बार्सिलोनाले सन् २०१८ मा करिब १३५ मिलियन युरो तिरेको थियो। उनको मुल्य हाल ३० मिलियन युरो रहेको मानिएको छ। बार्सिलोनामा कुटिनियोले आशा अनुरुप प्रदर्सन भने गर्न सकेका छैनन्। यसै कारण उनी एक सिजन बायन म्युनिख लोनमा पनि जानु परेको थियो।
यस अघि उनका पुर्व क्लब लिभरपुलकै छिमेकी क्लब एभरटनले पनि उनलाई भित्र्याउन खोजी रहेको भनिएता पनि एभरटनको प्रशिक्षक परिवर्तन भएका कारण कुटिनियो भित्र्याउने दौडमा हाल एभरटन देखिदैनन्। बार्सिलोनामा उनले ९० खेलमा २४ गोल गरेका छन्।