कुतिनियो प्रेमियर लिग फर्कन सक्ने

बार्सिलोनाका ब्राजिलियन खेलाडी फिलिप कुतिनियो ईंग्लिश प्रेमियर लिग फर्केर आउन सक्ने देखिएको छ। रिपोर्टका अनुसार उनलाई भित्र्याउन खोज्ने उनको पुर्व क्लब लिभरपुलकै छिमेकी क्लब एभरटन हो। एभरटनले यस अघि पनि हामेज रडृगेज जस्ता खेलाडी भित्र्याई सकेको छ।कार्लो एनसेलोटीजस्ता सफल र अनुभवि प्रशिक्षक भएको एभरटन कुतिनियोलाई भित्र्याउने कुरामा विश्वस्त छ।
उनलाई लिभरपुलबाट भित्र्याउन बार्सिलोनाले सन् २०१८ मा १६० मिलियन युरो तिरेको थियो। बार्सिलोनामा कुतिनियोले आशा अनुरुप प्रदर्सन भने गर्न सकेका छैनन्। बार्सिलोनामा उनले ९० खेलमा २४ गोल गरेका छन्। यसै कारण उनी एक सिजन बायन म्युनिख लोनमा पनि जानु परेको थियो।
एभरटनले २८ वर्षका कुतिनियोलाई ३५ मिलियन पाउन्डमा भित्र्याउन खोजी रहेका छन् जून बार्सिलोनाले तिरेको रकम भन्दा धेरै थोरै हो।रिपोर्टका अनुसार एभरटन उनलाई भित्र्याउने कुरामा यति विश्वस्त छ कि क्लब उनको लागि घरको खोजीमा छ ।