कुटिन्हो र ग्रिज्म्यान बार्सिलोनामै रहने

एजेन्सी, बार्सिलोनाले आफ्ना दुई स्टार फिलिपे कुटिन्हो र एन्टोइन ग्रिज्म्यानलाई क्लबमै राख्ने मनशाय बनाएको छ । अन्य क्लबबाट आकर्षक प्रस्ताव नआएको अवस्थामा क्लबमै रहने छ ।

क्लबले मेस्सीको सम्झौता नविकरण गर्न यी दुई फरवार्डलाई बेच्ने सुचीमा राखेको थियो ।

युरोपका क्लबहरुले फ्रेन्च र ब्राजिलियनलाई भित्र्याउन चाहे पनि प्रस्ताव राखेको छैन ।

ग्रिज्म्यान एट्लेटिको म्याड्रिड फर्किने खबर आए पनि फर्किने सम्भावना कम रहेको छ ।

म्यान्चेस्टर सिटि, चेल्सी र युभेन्टसले फ्रेन्च स्ट्राइकरलाई भित्र्याउन चाहे पनि कुनै औपचारिक प्रस्ताव राखेको छैन ।

ग्रिज्म्यानले प्रि-सिजनमा गरेको प्रदशनका आधारमा कोम्यान उनलाइ क्लबमा राख्न चाहेको हो ।

कुटिन्हो आफ्नो बायाँ घुडामा चोट बाके पछि मैदान फर्किने तर्खरमा छ । गत डिसेम्बरमा चोट बोके पछि उनी सिजनको दोश्रो हाफ गुमाउन पुगेका थिए ।

त्येस्तै, अर्जेन्टिनी स्टार मेस्सीसंग क्लबको मौखिक सहमती भइसकेको छ । उनले क्लबमा ५ बर्षको सम्झौता गर्ने बताएको छ ।