म्यानचेस्टर युनाइटेडले भित्र्यायो बिश्वकै महँगा डिफेन्डर ह्यारी मग्वाइर

इङलिस क्लब म्यानचेस्टर युनाइटेडले कीर्तिमानी रकममा लेस्टर सिटीका स्टार ह्यारी मग्वाइरलाई अनुबन्धित गरेको छ ।

म्यान्चेस्टर युनाइटेडले उनलाई कीर्तिमानी ८० मिलियन पाउन्डमा भित्र्याएको हो ।

इङ्ल्यान्डका डिफेन्डर ह्यारी मग्वाइरलाई म्यान्चेस्टर युनाइटेडले दिएको रकम डिफेन्डरहरुमा सबै भन्दा धेरै हो । यो भन्दा अघि लिभरपुलले भ्यान डाइकको लागि ७५ मिलियन खर्च गरेको थियो ।

निकै लामो समय देखि युनाइटेडले उनलाई भित्र्याउने प्रयास गरिरहेको थियो ।

२६ बर्षका डिफेन्डर २०१७ मा हल सिटिबाट १७ मिलियन पाउन्डमा लेस्टर सिटीमा अनुबन्धत भएका थिए ।