पिएसजीको बार्सा विरुद्ध ४-१को जित पछि हाल युवा स्टार एम्बाप्पेको निकै चर्चा हुँदै गरेको छ र धेरैले उनलाई मेस्सी र रोनाल्डो सँग पनि तुलना गर्न सुरु गरे पछि रेंजर्स एफसीका लेजेण्डले एलि म्याककोइस्टले किलियन एम्बाप्पेले मेस्सीले जस्तो खेल्न नसक्ने दाबी गरे।
Kylian Mbappe ‘will never reach Lionel Messi’s level’, rages Ally McCoist https://t.co/Ot478UhKi3
— The Sun Football ⚽ (@TheSunFootball) February 18, 2021
बार्सा विरुद्धको खेलमा किलियनले ह्याट्रिक गरेका थिए र उनको धेरै प्रशंसा भएको थियो तर एम्बाप्पेले मेस्सीको जस्तो स्तर हासिल गर्न नसक्ने स्कोटिस लेजेण्ड एलि म्याककोइस्टको विश्वास छ।
“म यस बारे निश्चित छैन” एम्बप्पे मेस्सी र रोनाल्डोको स्टारमा पुग्न सक्ने भनेर ग्रिज्मानको दाबी बारे म्याककोइस्टले टकस्पोर्टमा प्रतिक्रिया दिए।
🗣️”I do not think for a minute Kylian Mbappe can do things with a ball that Lionel Messi can do.”
🗣️ “Messi’s one of the greatest players that’s ever lived on this earth!” 🐐https://t.co/DVWMRsIifP
— SPORTbible (@sportbible) February 18, 2021
“मलाई लाग्दैन मेस्सीले बल सँग गर्न सक्ने कुरा एम्बाप्पेले गर्न सक्छन् भनेर। मेस्सी अहिलेसम्मको सबैभन्दा महान् फुटबल खेलाडी हुन्।
“किलियन एक उत्कृष्ट युवा खेलाडी हुन्, उनी भविष्यमा अझै राम्रो हुने छन् तर त्यहाँ एक फरक छ। यदि कसैले मलाई एम्बाप्पेले फुटबल खेलाडीको रूपमा मेस्सीलाई पछि पार्ने छ भनेर मलाई बताउन जाँदै छ भने, म चकित हुनेछ।