‘किलियन एम्बाप्पेलाई रोक्न सक्ने एक मात्र डिफेन्डर’

च्याम्पियन्स लिगको क्वाटर फाइनलको पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनले बायर्न विरुद्ध निकै राम्रो जित निकालेको थियो भने सो खेलमा किलियन एम्बाप्पेको निकै राम्रो खेल रहेको थियो र उनलाई रोक्न बायर्नका डिफेन्डरहरूलाई निकै गाह्रो भएको थियो।

काउन्टरमा एम्बाप्पेको द्रुत गतिको कारण उनलाई रोक्न बायर्नलाई गाह्रो भएको थियो। उनलाई रोक्न डिफेन्डरहरूलाई गाह्रो रहेको समय हाल एक पुरानो भिडियो भाइरल हुँदै गएको छ जसमा लिभरपुलका स्टार डिफेन्डर भर्जिल भ्यान डाईकले उनलाई निकै सजिलो सँग रोकेको देख्न सकिन्छ।

हाल उक्त भिडियो भाइरल भए पछि एम्बाप्पेलाई रोक्न सफल रहेका एक मात्र डिफेन्डर भर्जिल भ्यान डाईक रहेको भनेर लिभरपुल फ्यानहरूको दाबी रहेको छ।

नेदरल्याण्ड र फ्रान्स बिचको खेलमा एम्बाप्पेलाई काउन्टरमा भ्यान डाइकले निकै राम्रो सँग रोकेको उक्त भिडियोमा देख्न सकिन्छ। हाल भ्यान डाइक चोट ग्रसित रहेका छन् र उनको अनुपस्थितमा लिभरपुलको खेलमा निकै गिरावट आएको छ।