किलियन एम्बापे माथी म्यान्चेस्टर युनाइटेडको नजर

MCCCMWMCB
एजेन्सी, इङलिस क्लब म्यान्चेस्टर युनाइटेडको नजर फ्रेन्च क्लब पि.एस.जिका युवा स्टार खेलाडी किलियन एम्बापे माथी परेको छ। रिपोर्टका अनुसार अर्को वर्ष युनाइटेडले एम्बापे भित्र्याउने प्रयास गर्नेछन्।

 

युनाइटेडका फर्वार्ड एडिन्सन कभानी अर्को वर्ष सम्मका लागि मात्र युनाइटेडमा अनुबन्ध छन्। यसै कारणले युनाइटेड अर्को वर्ष स्ट्राइकरको खोजीमा हुने देखिन्छ।
एम्बापे पनि अर्को वर्ष सम्मका लागि मात्र पि.एस.जिमा अनुबन्ध छन् र त्यसपछि क्लबले उनलाई फ्री ट्रान्सफरमा गुमाउन सक्ने हुँदा उनले यो ट्रान्सफर सिजन पि.एस.जि छाड्ने अनुमान लगाइएको थियो। रिपोर्टका अनुसार पि.एस.जि भने उनलाई बेच्न इच्छुक छैनन् र एम्बापे पनि आफ्नो क्लबसँगको सम्झौता नविकरण गर्न इच्छुक देखिदैनन्।
यसै कारणले एम्बापेले अर्को वर्ष फ्री ट्रान्सफरमा क्लब छाड्ने सम्भावना प्रबल देखिन्छ। रिपोर्टका अनुसार रियल म्याड्रिडका अध्यक्ष फ्योरेन्टिनो पेरेजले एम्बापेलाई रियल म्याड्रिड भित्र्याउने उनको प्राथमिकताहरु मध्ये एक रहेको यस अघी नै जनाइसकेका छन्।