किर्गिस्तान विरुद्ध नेपाल मैदानमा उत्रिदै; खेल कति बजे हुदैँछ? पूरा जानकारी

नेपाली राष्ट्रिय भलिबल टोलीले एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको पहिलो खेल खेल्दैछ।

आज सोमबार हुने उद्घाटन खेलमा नेपालले किर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। पहिलो पटक आयोजकको जिम्मा पाएको नेपालले फाइनल पुग्ने लक्ष्यका राखेको छ।

नेपालले आज बलियो टोली किर्गिस्तानसँग भिड्न् लागेको हो। खेल नेपाली समय अनुसार दिउँसो ४ः०० बजे सुरु हुनेछ। यो खेल ललितपुरको लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा हुदैछ।

नेपाली टोलीले आजको खेलमा जित निकाल्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गर्ने योजना छ। नेपाल टिमको जिम्मा कप्तान इम रानाले समाल्ने छ।

घरेलु टोली नेपालले दर्शकको साथ पाउने उनको आशा छ।